चितवन विशेष

माओवादी रुँदै आए गोत्र एउटै भएकाले सहयोग गर्न सकिन्छः नेता ढकाल

Banner

चितवन,चैत ५-

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले राज्यशक्तिको दुरुपयोग गरेर अदालतबाट आउने क्षेप्यास्त्रको समना गर्न पार्टी तयार रहेको बताउनुभएको छ । प्रेस चौतारी चितवन शाखाले भरतपुरमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संवैधानिक नियुक्ति खारेजीको आदेश सर्वोच्चले गरे एमालेले त्यसको काउन्टर दिने चेतावनी दिनुभएको हो ।

नेता ढकालले एमालेले त्यसका लागि आवश्यक तयारी गरेको बताउनुभयो । ‘एमाले तयारी अवस्थामा छ, तर हतारिएर उत्ताउलो भएर पहिल्यै हान्दैन’ ढकालले भन्नुभयो, ‘अदातलले प्रचलित विधि, कानुन र पद्धतीको बर्खिलाप हुने गरी आदेश गरे एमालेले आफ्नो सामथ्र्यले भ्याउने गरी विभिन्न मोर्चाबाट त्यसको प्रतिरोध गर्छ ।’
उहाँले अदालतले के गर्न सक्छ, के गर्न मिल्छ भन्ने कुराको कुनै सीमा नै नरहेको बताउँदै अदालतले गर्ने आदेश अनुसार नै एमालले व्यवहार गर्ने बताउनुभयो ।

साथै स्थानीय तहको निर्वाचनमा माओवादीको हकमा भने ‘रुँदै आए’ गोत्र एउटै भएकोले सहयोग गर्न सक्ने नेता ढकालको भनाइ छ । काँग्रेसले लखेट्नै थाल्यो भने एमालेसँग तालमेल गर्न सक्छौं भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भनाईलाई उहाँले सम्बोधन गर्नुभएको हो । माधव नेपालको समाजवादीलाई एमालेले दलको मान्यता नदिएकोले सहकार्य हुन नसक्ने उहाँको भनाई छ । आगामी स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनपछि नेपालका राष्ट्रिय राजनीति दुई ध्रुबमा प्रस्ट रुपमा देखिने नेता ढकालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>