Breaking News

नेपाल यूएईसँग ४८ रनले पराजित

Banner

काठमाडौं,चैत ४-

आईसीसी क्रिकेट विश्वकप लिग–२ को यूएईमा जारी त्रिदेशीय शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।

यस प्रतियोगितामा नेपालको यो पाँचौँ हार हो । नेपाल यसअघि पनि २२ फेब्रुअरीमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पनि यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यो हारसँगै नेपालको ट्वान्टी–२० विश्वकप यात्रा टुंगिएको थियो ।

जितसँगै यूएईले १६ खेलबाट २० अंक जोडेको छ । यूएई अंक तालिकाको दोस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>