Breaking News
युएईको नेपाललाई १६९ रनको लक्ष्य, सोमपाल र करणले लिए सात विकेट
०

काठमाडौं, चैत ४-
आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो । युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए ।
नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो । सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























