चितवन विशेष
एमाले देखाएर काँग्रेस र काँग्रेस देखाएर एमालेसंग बार्गेनिङ गर्ने माओवादी हतियार पुरानो भइसक्योः देवी ज्ञवाली
०

चितवन,चैत ४-
एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले नेकपा माओवादी केन्द्रले बार्गेनिङलाई हतियार बनाएको बताएका छन् । उनले काँग्रेसलाई देखाएर एमालेसंग र एमालेलाई देखाएर काँग्रेससंग बार्गेनिङ गरिरहेको बताए ।
सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्,‘काँग्रेस देखाएर एमालेसंग बार्गेनिङ गर्ने र एमाले देखाएर काँग्रेससंग बार्गेनिङ गर्ने माओवादी हतियार अव पुरानो भइसकेको छ ।’ विहिबार मात्रै बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसका नेताहरुले माओवादी लखेट्न थाले भने एमालेसंग तालमेल हुने चेतावनी दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























