चितवन विशेष

तराई-मधेसमा आज होली,चितवनमा दुवैदिन खेलिन्छ होली

Banner

चितवन,फागुन ४-

हिमाली तथा पहाडी क्षेत्रमा हिजो मनाए पनि देशको तराई–मधेस क्षेत्रमा आज हर्षोल्लासपूर्व आज होली मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज एकादशीका दिन तराई–मधेसका जिल्लामा मनाउन लागिएको हो । चितवनमा हिजो पनि होली पर्व मनाइयो भने आज पनि मनाइन्छ । यहाँ दुवै दिन होली खेल्ने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>