चितवन विशेष

होलीको दिन चितवनमा १४५ सवारी कारवाहीमा, १४ जना मापसेमा परे

Banner

चितवन,चैत ३-

होलीको दिन दुर्घटनाको जोखिमलाई ध्यान दिँदै चितवनमा सवारीसाधन जाँचमा कडाइ गरिएको छ । आज दिनभर ट्राफिक नियमन उल्लंघन गर्ने १ सय ४५ सवारीसाधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यस्तै, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १४ जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमा चार पांग्रे र दुई पांग्रे दुवै रहेका छन्। हेल्मेट नलगाउने, मापदण्डभन्दा धेरै चढेर हिँड्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र सवारी चालक अनुमती पत्र नलिई हिड्ने सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>