चितवन विशेष

चेपाङ संघको महाधिवेशन चितवनमा सुरु

Banner

चितवन,चैत ३-

नेपाल चेपाङ संघको पाँचौ राष्ट्रिय महाधिवेशन बिहीबारबाट भरतपुरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनले ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गर्नेछ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले महाधिवेशन उद्घाटन गरे । महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका २५७ जना प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ ।

महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, एक महिलासहित दुई उपाध्यक्ष, दुई सचिव र कोषाध्यक्षलगायत ३५ जनाको नयाँ कार्यसमिति चयन गर्ने छ । संघका अध्यक्षका लागि पूर्वअध्यक्ष गोविन्दराम चेपाङ र वर्तमान उपाध्यक्ष सुनिमाया चेपाङले प्रतिस्पर्धा गर्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>