चितवन विशेष
नारायणी कलामन्दिरमा होली हंगामा
०

चितवन, चैत ३–
कलासंस्कृतिको धरोहर नारायणी कलामन्दिर नारायणगढले आज (विहीबार) होली हंगामा कार्यक्रम सम्पन्न गरेको छ ।
कलामन्दिरको परिसरमा आज अपरान्ह भव्य कार्यक्रम गरिएको हो । कार्यक्रममा कलामन्दिरका कलाकारहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा सहभागिहरुले एकआपसमा अबिर लगाएर होली मनाईएको कलामन्दिरका अध्यक्ष सुबिर श्रेष्ठले जानकारी दिए ।
यस्तै सोही कार्यक्रममा भर्खर मात्रै उद्योग वाणिज्य संघ–चितवनको अध्यक्षमा निर्वाचित चुननारायण श्रेष्ठ, उपाध्यक्ष सिरिष पन्त, राजेन्द्र ओलीलगायतलाई सम्मान गरिएको थियो ।
कलामन्दिरले वर्षेनी होलीको अवसरमा विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























