चितवन विशेष

नारायणी नदी किनारमा पुरुषको शव फेला

Banner

चितवन, चैत ३-

चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । भरतपुर माहानगरपालिका वडा नं –१६ शिवघाटस्थित नारायणी किनारमा पुरुषको शव फेला परेको हो ।

स्याङजा जिल्ला पुतलीबजार–१० घर भइ हाल ललितपुर माहानगरपालिका –१० बस्ने ५५ वर्षिय ज्ञानविक्रम रानामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

उनका अनुसार बुधबार ३ः३० बजे उनको शव फेला परेको हो । मृत्युको कारण नखुलेको र शव हेर्दा संकस्पद देखिएको अधिकारीले बताए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>