चितवन विशेष
चितवनमा गैंडाको आक्रमणबाट ज्यान जोगाउन भाग्दा पोखरीमा डुबेर सैनिकको मृत्यु
०

चितवन,चैत २-
चितवनमा गैँडाको आक्रमणबाट ज्यान जोगाउन भाग्दा पोखरीमा डुबेर एक सैनिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार निकुञ्ज गस्तीमा गएको समय गैँडाले आक्रमण गर्न लागेपछि ज्यान जोगाउन भागेका सैनिकको दलदले पोखरीमा डुवेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा राष्टिय निकुञ्जको सुरक्षार्थ खटिएको खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत हुद्धा खोटाङ जिल्ला खोटाङ गाउँपालिका ४ का २६ वर्षीय पवन कटुवाल रहेका छन् । आज साँझ भोज बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलिमा उनि सहभागि थिए ।
घटनापश्चात ईलाका प्रहरी कार्यालय फुलाबारीबाट प्रहरी टोली घटनास्थल पुगेर शवको जाँच मुचुल्का तयार गरी थप अुनसन्धान भइरहेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























