चितवन विशेष

प्रचण्डको गृहजिल्ला चितवनमा राप्रपाको चुनावी कमाण्डर रेखा थापा

Banner

चितवन,चैत २-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको निर्वाचन तयारीका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ। बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनोट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको चुनावी कमाण्डर अभिनेत्री रेखा थापालाई तोकेको छ। केन्द्रीय सदस्यसमेत रहेकी थापाले चितवनको कमाण्ड सम्हाल्दै चुनावी प्रचारमा होमिने छिन्।

त्यसैगरी एमाले अध्यक्ष केपी ओली एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको जिम्मेवारी उपाध्यक्ष विक्रम पाण्डेलाई दिइएको छ। चितवनमा प्रचण्डलाई चुनौती दिने पाण्डेले ओलीको प्रभाव रहेको झापामा राप्रपाको पक्षमा माहोल सिर्जना गर्नेछन्।

प्रवक्ता ज्ञानेन्द्र शाही कालिकोटमा खटिनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>