चितवन विशेष

बागमती प्रदेशका मन्त्री कृष्ण खनालले ग्रहण गरे पिर्के सलामी

Banner

चितवन,चैत २-

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले पिर्के सलामी ग्रहण गरेका छन् । उनले आज मकवानपुरको बकैया गाँउपालिका स्थित इलाका प्रहरी कार्यालयमा सलामी ग्रहण गरेका हुन् ।

उनले सलामी ग्रहण गरेको तस्विर सामाजिक सञ्जालमा भेटिएको छ । दर्जनबढि प्रहरीेले दिएको सलामी रातो कपडा ओछ्याइएको पिर्कामा उभिएर उनले ग्रहण गरेका छन् ।

पिर्के सलामी ग्रहण गरेको विषयमा मन्त्री खनालका स्वकिय सचिव विजय खनालले मन्त्रीको इच्छाले भन्दापनि प्रहरीको सिस्टममा रहेर पिर्के सलामी ग्रहण गरेको बताए । उनले भने,‘प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नै बजेट विनियोजन गरेर भवन निर्माण गरेका कारण उद्घाटनका लागि मन्त्री खनाल सो ठाँउमा पुग्नुभएको हो, पिर्के सलामी ठूलो कुरा होइन् ।’ पिर्के सलामीको विरोध गर्दै आएका मन्त्री खनालले आफै सलामी ग्रहण गरेपछि बिवादित बनेका छन् । उनि चितवनबाट निर्वाचित सांसद हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>