Breaking News

बागमती प्रदेश खेलकुदः पुरुष क्रिकेटमा नुवाकोट र धादिङ विजयी

Banner

चितवन, चैत २–

बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत चितवनमा आजदेखि पुरुषतर्फको टि–२० क्रिकेटको प्रतियोगिता सुरु भएको छ । आज पहिलो दिन नुवाकोट र विजयी भएका छन् । आज पहिलो खेलमा नुवाकोटले रामेछापलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

२५७ रनको विशाल लक्ष्य पछ्याएको रामेछाप ६६ रनमै अलआउट भएपछि नुवाकोट १९० रनको जित हात पारेको हो । रामेछापका लागि सभल अधिकारीले सर्वाधिक १७ रन बनाए भने सुमन केसीले १२ रन बनाए ।

नुवाकोटका लागि अभियान बस्नेतले ३, आशिक नेपाली र राजन थापा मगरले समान २/२ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नुवाकोटले २ विकेटको क्षतिमा २५६ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि राजेश रिमालले सर्वाधिक १५९ रन बनाए । उनले १४ चौका र १२ छक्का प्रहार गरे । रोजल राउतले ५६ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

रामेछापका लागि प्रमेश ढुंगाना र रामशरण खड्काले समान एक/एक विकेट लिए । खेलमा राजेश रिमाल प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरि आजै भएको दोस्रो खेलमा धादिङले ९ विकेटको जित हात पारेको छ । रसुवाले दिएको ५२ रनको झिनो लक्ष्य पछ्याएको धादिङले मात्र एक विकेटको क्षतिमा जित हात पारेको हो । धादिङका लागि अमृत थापाले ३० र आरम्भ तिमिल्सिनाले ९ रन बनाए । रसुवाका लागि सुप्रिम घिमिरेले एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको रसुवा ५१ रनमै अलआउट भएको थियो । उसका लागि सविन श्रेष्ठले १९ र प्रिन्स लामाले १७ रन बनाए । धादिङका लागि श्याम त्रिपाठीले ४, कौशल रुपाखेती र रुपेश भुजेलले ३/३ विकेट लिए ।

खेलमा ४ विकेट लिएका धादिङका श्याम त्रिपाठी प्लेयर अफ दि म्याच घोषित भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>