Breaking News

२१ वर्षीय युवकको पेटबाट फलामको सिक्री र पेटीको बक्कल निकालियो

Banner

विराटनगर, चैत २-

विराटनगरमा शल्यक्रिया गरी युवकको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालिएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी फलाम र पेटी निकालेका हुन् ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार सुरुमा फलामको सिक्री र पछि पेटीको बक्कल निलेका २१ वर्षीय युवक गम्भीर बनेका थिए ।

त्यस्तै नोबेल मेडिकल कलेजबाट उपचारपछि घर फर्किएका युवकको शल्यक्रिया शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले गरेको दाहालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>