Breaking News

चितवनको सौराहा घुम्न गएका १६ जना जंगली माहुरीले टोकेर घाइते

Banner

चितवन, चैत १–

चितवनमा आज (मंगलबार) अपरान्ह जंगली माहुरीले टोकेर १६ जना घाइते भएका छन् ।

पूर्वीचितवनको रत्ननगर नगरपालिका–६, स्थित चितवन राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका १६ जना घाइते भएका हुन् । एक्कासी जंगली खाग माहुरीले टोकेर घाइते भएपछि उनीहरुलाई रत्ननगर बकुलहर अस्पतालमा लगिएको छ । घाइते भएका मध्ये दुई जनाको अवस्था मध्यम रहेको र बाँकीको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सिन्धुली कमलामाई नगरपालिका–४ वस्ने वर्ष ४५ की तुलसा श्रेष्ठ (सामान्य), सोही स्थानका ४६ का केदार श्रेष्ठ (मध्यम), वर्ष ६० की शान्ता श्रेष्ठ (सामान्य), मरिण गाउँपालिका–७ बस्ने वर्ष ६५ को कृष्ण नारायण श्रेष्ठ (सामान्य), वर्ष ३२ का दिपक माझी (सामान्य), वर्ष ३५ की शारदा श्रेष्ठ (सामान्य), वर्ष ६० की धन कुमारी श्रेष्ठ (सामान्य), वर्ष ३५ का काजीलाल श्रेष्ठ (मध्यम), वर्ष ३५ की भगवती श्रेष्ठ (सामान्य) रहेका छन् ।

यसैगरि अन्य घाइते हुनेमा वर्ष ५३ का दान बहादुर श्रेष्ठ (सामान्य), वर्ष ३५ का कल्याण श्रेष्ठ (सामान्य), तिनपाटन गाउँपालिका–२ बस्ने वर्ष २७ की सुजाता श्रेष्ठ (सामान्य), मणिरत्न गाउँपालिका–७ बस्ने वर्ष ३ का कबिर श्रेष्ठ (सामान्य), वर्ष ९ की राधा श्रेष्ठ(सामान्य), वर्ष ५ की राधिका श्रेष्ठ (सामान्य), वर्ष ७ की पारु श्रेष्ठ (सामान्य) रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>