चितवन विशेष
वीरेन्द्र क्याम्पसमा नेविसंघको होली
०

चितवन, चैत १–
रंगहरुको पर्व होली नजिकदै छ । यसैको अवसरमा मंगलबार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा होली विशेष कार्यक्रम गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाई समितिको आयोजनामा होली विशेष कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल रहेका थिए । यस्तै कार्यक्रममा कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, कांग्रेस चितवनका जिल्ला सदस्य अनमोल अधिकारी, क्याम्पस प्रमुख दयाराम पौडेल, प्रदीप लामिछाने, रविन खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम इकाईका कार्यवाहक सभापति कुमार जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले एकअर्कालाई अबिर लगाएर नाचगान गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























