चितवन विशेष

भरतपुरको तोरीखेतमा बलेरो अनियन्त्रित भई पल्टदा १० जना घाइते

Banner

चितवन, फागुन ३०-

अनियन्त्रित भई बलेरो गाडी पल्टिदा १० जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज करिब बिहान ७ः३५ बजे भरतपुर महानगरपालिका–५ तोरीखेत स्थितमा प्रेमबस्तीबाट भरतपुर तर्फ आई रहेको प्राईम केबलको ग ३ च ७२७० नम्बरको बलेरो गाडीले कुकुरलाई ठक्कर दिई आफै अनियन्त्रित भई पल्टदा बलेरोमा सवार चालक सहित १० जना घाईते भएको हो । बलेरोमा १३ जना सवार थिए ।

घाईते सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । सवारी साधन नियन्त्रणमा रहेको प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा स्याङजा बिरुवा गाउपालिका–३ बस्ने बर्ष ३७ को तुम बहादुर राना, ३ बस्ने बर्ष २६ को धिरज सारु मगर, पर्वत कुस्मा–१४ बस्ने बर्ष २२ को दिनेश क्षेत्री, बर्ष २४ को बिशाल बि.क., कुस्मा ८ बस्ने बर्ष १८ को सुन्दर बि.क., १४ बस्ने बर्ष २६ को बिशाल गुरुङ, २ बस्ने बर्ष २१ को अशोक क्षेत्री, १४ बस्ने बर्ष २० को सुनिल सुना, बस्ने बर्ष २१ को कृष्ण बहादुर बि.क., गुल्मी सत्यवती गाउपालिका– ६ बस्ने बर्ष २२ को सरोज भण्डारी रहेका छने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>