Breaking News

उद्योग वाणिज्य संघ–चितवनको मतदान आज, दुई उपाध्यक्षमा कडा प्रतिस्पर्धा

Banner

चितवन, फागुन ३०–

उद्योग वाणिज्य संघ–चितवनको नयाँ कार्यसमिति चयनका लागि आज (सोमबार) मतदान हुँदैछ ।

संघको परिसरमा विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुन लागेको हो । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उद्योगतर्फको उपाध्यक्ष सर्वसम्मत भए पनि वाणिज्यतर्फको उपाध्यक्ष र वस्तुगततर्फको उपाध्यक्षमा मतदान हुन लागेको छ ।

वाणिज्यतर्फको उपाध्यक्षमा युवा व्यवसायी शिरिष पन्त र शंकर नेपालबीच प्रतिस्पर्धा रहेको छ । यस्तै वस्तुगततर्फको उपाध्यक्षमा युवा व्यवसायी राजेन्द्र ओली र इ.भोजराज कौडालबीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुँदैछ ।

यसैगरि कार्यसमिति सदस्यमा वस्तुगत र वाणिज्यमा चुनावी प्रतिस्पर्धा हुँदैछ । वस्तुगततर्फ ४ जनाका लागि गुणराज पौडेल, जनक पौडेल, डोलक प्रसाद पुडासैनी, प्रेमप्रसाद पाण्डे, रविन्द्रकुमार श्रेष्ठ, राजेन्द्र तिवारी र सन्तोष जनक भुषाल चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरि वाणिज्यतर्फ ६ जना सदस्यका लागि विकास श्रेष्ठ, थिरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोख्रेल, नरहरि घिमिरे, नारायण प्रधान, महादिप श्रेष्ठ, महेशराज भट्टराई, राजन पिया र ज्ञानु प्रसाद न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा कुल ३४ सय ३७ मतदाता रहेका छन् । मतगणना भने चैत १ गते हुने निर्वाचन समितिले जनाएको छ ।

यी हुन् सर्वसम्मत निर्वाचित उम्मेद्वारहरुः

फागुन २५ गते भएको मनोनयनमा एक जनाको मात्रै उम्मेद्वारी परेपछि संघको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ र उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जिवी सुवेदी सर्वसम्मत निर्वाचित भएका थिए ।

यस्तै कार्यसमिति महिलातर्फ, पूर्णिमा श्रेष्ठ, क्षेत्रीय तर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा.जीवन कुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उद्योगतर्फ कार्यसमिति सदस्यमा पनि अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>