Breaking News

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने

Banner

काठमाडौं, फागुन २९-

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने बताएका छन् ।

नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बागमति प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्नुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘नामसँग नै रहर हो भने स्थानीय सरकार भनिदिउँला । यसको लागि सबै पार्टीसँग सहमति लिउँला । महत्वपूर्ण कुरा भनेको नाम भन्दा पनि काम हो । काममा ध्यान दिउँ,’ प्रधानमन्त्री देउवाले भने ।

उनले कार्यक्रममा उपस्थित नगरपालिकाका प्रतिनिधिहरुलाई जनतको काम छिटो छरितो गर्न आग्रह गरेका थिए । उनले जनताको सुख, दुःखमा सहभागी हुन पनि स्थानीय तहलाई आग्रह गरेका थिए । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>