Breaking News

ढुक्क हुनुस् पार्टीबाट एमसीसी फेल भए राजीनामा दिन्छु : प्रचण्ड

Banner

विराटनगर, फागुन २९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पार्टीबाट फेल भए राजीनामा दिने बताएका छन् ।

चुनावपछि एमसीसीबारे पार्टीमा छलफल हुने बताउँदै प्रचण्डले पार्टीबाट एमसीसी फेल भए राजीनामा दिने बताएका हुन् ।

पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले भने ‘ एमसीसी पार्टीबाटै फेल भए राजीनामा दिन्छु । ढुक्क हुनु’, तर पार्टीभित्र छलफल भने चुनावपछि मात्रै हुन्छ ।’

एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै उनले एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>