चितवन विशेष

उवासंघ निर्वाचनः वस्तुगततर्फको सदस्यमा रविन्द्रको दावेदारी

Banner

चितवन, फागुन २९–

उद्योग वाणिज्य संघ–चितवनको ५५औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तरत भोलि (सोमबार) मतदान हुँदैछ ।

निर्वाचन अन्तरगत संघको वस्तुगत तर्फको सदस्यमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । कुल ४ सदस्यका लागि ७ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्येका एक हुन् युवा व्यवसायी रविन्द्रकुमार श्रेष्ठ ।

किराना व्यवसायी संघ चितवनका अध्यक्ष समेत रहेका श्रेष्ठ आफ्नो बलियो दावेदारी प्रस्तुत गरेका छन् । सबै वस्तुगत संघहरुसंग आफ्नो राम्रो सम्बन्ध रहेको र व्यवसायिक हकहितमा आफू लागि परेका कारण आफूलाई जिताउनेमा श्रेष्ठले विश्वास व्यक्त गरे । उनी किराना व्यवसायीहरुको समस्या समाधानका लागि कडा रुपमा प्रस्तुत हुँदै आइरहेका छन् । जसका कारण उनको सक्रियतालाई लिएर अन्य संघहरुमा समेत चर्चा हुने गरेको छ ।

नारायणगढमा २० वर्षदेखि किराना व्यवसाय गर्दै आइरहेका श्रेष्ठले व्यवसायिकका लागि जस्तोसुकै परिस्थितिमा पनि अघि बढ्दै समस्या समाधानका लागि अग्रसर हुने गरेका छन् । वस्तुगत तर्फ ३५ जनाले मात्रै मतदान गर्न पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>