चितवन विशेष

साईबाबा मन्दिरको वार्षिकोत्सवमा ८ संस्थालाई आर्थिक सहयोग

Banner

चितवन, फागुन २८–

श्रीडी साईबाबा मन्दिर भरतपुर महानगरपालिका–५ ले ८ वटा संस्थालाई आर्थिक सहयोग अर्पण गरेको छ ।

मन्दिरको २०औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी शहीद मेमोरियल माध्यमिक स्कुल, बालबच्चा आश्रम, ब्रह्म कुमारी आश्रम, महेश सन्न्यास आश्रम, कौडिन्य आश्रम, गलेश्वरमा भण्डारा गर्नका लागि, जनजाति आश्रम र विपन्न वर्गको आर्थिक संकट निवारण कोषलाई सहयोग प्रदान गरिएको हो । साई समाज सेवाका अध्यक्ष डा. सुन्दरमणि दीक्षितको अध्यक्षतामा १००८ स्वामी रमणानन्द गिरी र वाग्मती प्रदेश सांसद विजय सुवेदीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । स्वामी गिरीले माहाभारतको कथा वाचन गर्नुभएको थियो ।

माहाभारतबाट मानव जातिले धेरै कुरा सिक्नसक्ने बताउनुभयो । हामीहरुले आफ्नो अस्तित्व भुल्दै जाँदा विदेशीले त्यसको फाइदा लिएकोमा रमणानन्द गिरीले चिन्ता व्यक्त गर्नुभयो । सांसद सुवेदीले यस्ता खालका सहयोग कुसल समाज निमार्णको लागि महत्वपूर्ण हुने बताउनुभएको छ । शिक्षा क्षेत्र, पिछडिएको क्षेत्र लगायतलाई अगाडि बढाउने उद्देश्यले मन्दिरले सहयोग गर्दै आएको हो ।

साहाराको घरकी सञ्चालिका कुसुम साहाराले सहयोगले ठूलो मद्दत पुगेको बताउनुभएको छ । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा मन्दिरले २५ हजार रुपैयाँ सहयोग दिँदै आएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>