चितवन विशेष

भरतपुरका जेष्ठ नागरिकलाई प्रतिक्षालय भत्किने पीर

Banner

घना गुरुङ

चितवन, फागुन २८–

गोन्द्राङ–पुल्चोक छ लेन सडक निर्माणका क्रममा सडक छेउका प्रतिक्षालय मासिनले भएपछि जेष्ठ नागरिकहरुले दुःख व्यक्त गरेका छन् । आफूहरुले दुःख गरी चिया खाने पैसा जोगाएर बनाएको जेष्ठ नागरिक प्रतिक्षालय भत्किने हो की भन्ने उनीहरुमा चिन्ता छ ।

भरतपुर वडा न. १०, वीरेन्द्र क्याम्पस गेट अगाडि २०५२ सालमा निर्माण गरिएको जेष्ठ नागरिक प्रतिक्षालयमा दिउँसोको समयमा जेष्ठ नागरिकहरु आउने भलाकुसारी गर्ने थलो बनेको छ । वडा न. १० का नैनासिंह थापा क्षेत्रीका अनुसार उक्त प्रतिक्षालयमा सोहि वडाका दैनिक करिब १७ जना जेष्ठ नागरिक दैनिक आउने गर्छन् । उनीहरु यहाँ आराम गर्दै दुःख, सुखका कराकानी गर्ने गर्छन् । तर अब छ लेन सडक निर्माणको क्रममा नगरपालिकाले उक्त प्रतिक्षालय भत्काउने हो कि भन्ने चिन्ताले जेष्ठ नागरिकलाई सताएकोे छ ।

जेष्ठ नागरिक मधु विलास पौडेल प्रश्न गर्नुहुन्छ, ‘अब यो प्रतिक्षालय भत्काए हामी कहाँ बस्ने ? त्यस्तै पैसा उठाएर देउसी भैलोखेली व्यक्ति, संस्थासँग सहयोग मागेर प्रतिक्षालय निर्माण गरिएको अर्का जेष्ठ नागरिक जित बहादुर थापाले बताउनुभयो । यसप्रति सम्बन्धित निकायको ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

‘हामी जेष्ठ नागरिकलाई दिनमा जम्मा हुने भलाकुसारी गर्ने ठाउँको व्यवस्था होस् । यहाँ वरपिपलको चौतारो थियो, त्यो पनि नगरपालिकाले काटिदियो । यो प्रतिक्षालयको पछाडि रुखहरु पनि काटेर लगे । अब यो प्रतिक्षालय पनि भत्काउने होकी भन्ने चिन्ता छ’–थापाले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>