चितवन विशेष

चितवन मेटल इन्जिनियरिङ्गको अध्यक्षमा पुनः तारा

Banner

चितवन, फागुन २८–

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः ताराबहादुर कार्कीलाई अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा कृष्ण प्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, राजु पुडासैनी, सचिवमा दुर्गालाल सापकोटा, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सह–सचिवमा रुकेश सापकोटा चयन भएका छन् । यस्तै सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, वीरेन्द्र बहादुर दवाडी, विवेक देवकोटा, धर्मराज अधिकारी र सन्तोष श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित समितिका अध्यक्षलाई निर्वाचन मण्डलका संयोजक चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले र अन्य पदाधिकारी एवम् सदस्यहरुलाई अध्यक्ष कार्कीले सपथ ग्रहण गराउनु भएको थियो । १६ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>