चितवन विशेष

रेडक्रस पटिहानीमा कृष्णहरिको नेतृत्व

Banner

चितवन, फागुन २८–

नेपाल रेडक्रस सोसाइटी, पटिहानी उपशाखाको सभापतिमा कृष्णहरि शर्मा चयन भएका छन् । उपशाखाको आज (शनिबार) सम्पन्न १७ औं उपशाखा सभा तथा ५ औं अधिबेशनले शर्माको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति समेत निर्बिरोध चयन गरेको हो ।

समितिको उप–सभापतिमा मिरा बिष्ट पाण्डे, सचिवमा छविराम पौडेल र कोषाध्यक्षमा रामहरि सेढाई, सह–सचिवमा गोबिन्द पौडेल र उप–कोषाध्यक्षमा कल्पना सापकोटा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अमृत नेपाली, प्रेमादेवि पौडेल, पदमराज घिमिरे, पुरुषोत्तम पौडेल र नारायणी पौडेल रहेका छन् ।

उपशाखा सभापति कुमारप्रसाद थपालियाको सभापतित्त्व तथा बागमती प्रदेशका सांसद रामलाल महतोको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपाने, भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री हरिप्रसाद पौडेल, विभिन्न राजनैतिक पार्टीका प्रमुखहरु, संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

उपशाखाका सचिव रामजीप्रसाद सापकोटाले सन्चालन तथा प्रगति प्रतिबेदन पेस गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष धर्मराज महतोले आर्थिक प्रतिबेदन पेस गर्नुभएको थियो भने सह–सचिव विष्णुहरि घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>