Breaking News

वीरगञ्ज नगरपालिकाका मेयर नेकपा एमाले प्रवेश

Banner

वीरगञ्ज, फागुन २८-

एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगीलाई नेकपा एमालेमा प्रवेश गराएका छन् ।

आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराइएको हो । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट उनी मेयरमा निर्वाचित भएका थिए ।

 पार्टी प्रवेशको क्रममा उनले भने ‘मैले जसपा छोड्ने कारणहरु छन्। त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>