Breaking News

६९ लाख भन्दा बढीको प्रतिबन्धित औषधी र पिकअपसहित चालक प्रकाउ

Banner

झापा, फागुन २८-

प्रहरीले झापाबाट ६९ लाख भन्दा बढीको प्रतिबन्धित औषधी बरामद गरेको छ।

शुक्रबार साँझ सवा ६ बजे इलामबाट झापा आउँदै गरेको मे१च ६८३३ नम्बरको पिकअप गाडीबाट प्रहरीले ६९ लाख ७७ हजार ९४४ रुपैयाँ बराबरको औषधी बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार छुर्पी र घ्यूको बोराले छोपेर प्रतिबन्धित औषधी ल्याइएको थियो । उक्त औषधी पशुपतिनगर भन्सार हुँदै भारतबाट ल्याइएको आशंका छ।

हाल पिकअपका चालक सूर्योदय नगरपालिका-३ का ३० वर्षीय सइन्द्र राई सहित बरामद औषधी रर पिकअपलाई औषधी व्यवस्था विभागको शाखा कार्यालय विराटनगरमा पठाउने तयारी भइरहेको पाठकले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>