Breaking News

अर्धचेत अवस्थामा भेटिएकी २१ महिने नाबालिकाको मृत्यु, बलात्कारको आशंका

Banner

विराटनगर , फागुन २८-

शुक्रबार साझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको आज बिहान मृत्यु भएको छ ।

शुक्रबार साझ घरबाट हराएकी मोरङ सुन्दरहरैंचा-७ की २१ महिने नाबालिकाको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट थियो ।

त्यस्तै सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन् र बालिकाको बलात्कार भएको आशंका गरिएको छ ।

हाल बालिकाको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उक्त घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>