Breaking News

अत्याधिक रक्तश्रावका कारण भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु

Banner

चितवन, फागुन २८-

भरतपुर अस्पतालको प्रसूति वार्डमा एक सुत्केरी महिला र नवजात शिशुको शुक्रबार बिहान मृत्यु भएको छ ।

सुत्केरी गराउन फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को मृत्यु भएको हो ।

साधारण तरिकाले छोरी जन्माएकी गंगाको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिएका छन् ।

निकै कम महिलामा देखिने समस्या डिआइटी हो र उनको पनि यसै कारण ज्यान गएको अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पौडेलको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>