Breaking News

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु

Banner

चितवन, फागुन २८–

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–२ रमाईलो डाँडास्थित भित्री सडक खण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल पल्टिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक ईच्छाकामना–२ बस्ने वर्ष ३४ का नविन गुरुङ्, पछाडी सवार ३० वर्षीया तृकि भनिने प्रतिभा गुरुङ र उनका ५ वर्षीय छोरा आरोन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । मृतक चालक प्रतिभाका आफन्त रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>