खेलकुद

नारायणगढ व्याडमिन्टन क्लवको अध्यक्षमा आशिष मास्के

Banner

चितवन, फागुन २६–

नारायणगढ व्याडमिन्टन क्लवको अध्यक्षमा युवा व्यवसायी एवं खेलाडी आशिष मास्के चयन भएका छन् ।

नारायणगढमा भएको विशेष भेलालले मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लवको उपाध्यक्षमा राजेशराम श्रेष्ठ, सचिवमा दिनबन्धु चापागाई र कोषाध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् ।

क्लवलाई चलायमान बनाउन सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । यस क्लवको सदस्य बन्न वार्षिक ५ हजार रुपैयाँ बुझाउनुपर्छ भने आजीवन सदस्यताका लागि २५ हजार रुपैयाँ तोकिएको क्लवका नवनिर्वाचित अध्यक्ष मास्केले बताए ।

क्लवले नारायणगढस्थित कमलनगरमा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नजिक व्याडमिन्टन कवर्डहल निर्माण गरिरहेको छ । यसका लागि पनि सहयोग संकलन गरिरहेको अध्यक्ष मास्केले बताए । कवर्डहलका लागि नारायणगढका युवा व्यवसायी सबल पियाले १५ हजार ५०० रुपैयाँ सहयोग दिएर सुरुवात गरेका छन्। कवर्डहल निर्माणका लागि करिव २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>