चितवन विशेष

चितवनमा अवैध नदिजन्य पदार्थ चोरी गर्ने २० सवारी नियन्त्रणमा

Banner

चितवन, फागुन २६–

चितवनमा अवैध नदिजन्य पदार्थ चोरी निकासीमा संलग्न २० वटा सवारी साधनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बिहीबार) विहान इच्छाकामना गाउँपालिका–७ भालुमारामा विहान ५ः३० बजेको समयमा २० वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको हो ।

नदिजन्य पदार्थको उत्खनन तथा ओसार–पोसार गरिरहेको अवस्थामा ४ वटा जेसीबी, लोड गरिसकेका १० वटा टिपर र ६ वटा ट्रयाक्टर गरी २० वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय, भरतपुरमा बुझाईएको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>