चितवन विशेष
सिओई आएर जापान जाने तयारीमा रहेका विद्यार्थीलाई सेन्ट्रल कलेजको बधाई तथा शुभकामना कार्यक्रम

चितवन,फागुन २६-
सिओई आएर जापान जाने तयारीमा रहेका विद्यार्थीलाई सेन्ट्रल कलेजको बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । बुधबार भरतपुरको गार्डेन रिसोर्टमा जापान जानका लागि सिओई पछिका प्रोसेसिङका बारेमा परामर्श दिइएको हो । कार्यक्रममा चितवन र नवलपुरका ३ सय बढि विद्यार्थी सहभागी थिए । कार्यक्रममा जापान जानु अघि र गईसकेपछिका चुनौतीका बारेमा जानकारी र आवश्यक परामर्श दिइएको थियो ।
सिओई प्राप्त विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाइबी) ले भन्नुभयो,‘हामी सबै विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै छिटो जापान पठाउन सहजिकरण गर्नेछौं ।’ उहाँले छिटो जापान जानका लागि कलेजको ‘फि’ तिरेर आवश्यक तयारी गर्न उहाँले विद्यार्थीलाई अनुरोध गर्नुभयो ।
२०२२ मार्च १ बाट जापान सरकारले विदेशबाट आउने विद्यार्थीका लागि बोर्डर र भिसा प्रक्रिया सुरु गरेको छ । पौडेलले सिओई प्राप्त विद्यार्थीका भाइबहिनी र अन्य विद्यार्थीका लागि अष्ट्रेलिया,क्यानडा लगायतका देशमा जान आवश्यक तयारी कक्षाहरु संचालन गरिरहेको बताउनुभयो ।
सो कार्यक्रममा आइएलटिएस÷पिटिइ डिपार्ट प्रमुख हरी प्रसाद वली ,आइएलटिएस अष्ट्रेलिया काउन्सेलिङ डिपार्ट प्रमुख सुभास भट्टराई, इङलिस कन्ट्री डिपाटमेन्ट प्रमुख ई. विपिन शर्मा, जापान डिपार्टमेन्ट प्रमुख अमृत अधिकारी, सेन्ट्रल कलेजका सुभचिन्तक तथा कम्युनिकेशन व्यवसायी सुदन नेपाल लगायतले बोल्नुभएको थियो ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययन,वकिङ्ग, र अन्य कामका लागि जापान,अष्ट्रेलिया,क्यानडा लगायतका देशमा जान चाहानेहरुका लागि भाषाका कक्षाहरु संचालन र परामर्शका कामहरु गरिरहेको छ । नारायणगढ शहिदचोक, सौराहाचोक र कावासोती लगायतका सहरमा सेन्ट्रल कलेजका १० बढि शाखा रहेका छन् । कलेजकी सिइवो सारदा शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाइबी) रहनुभएको थियो ।


























