Breaking News

संखुवासभा बस दुर्घटना अपडेटः १४ जनाको मृत्यु

Banner

संखुवासभा, फागुन २६-

संखुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । पाँच जना घाइते भएका छन् । दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटनामा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>