चितवन विशेष

वैवाहिक वर्षगाँठको अवसरमा थारु धर्मशालालाई खाद्यान्न सहयोग

Banner

चितवन, फागुन २५–

थारु अगुवा युवा शरद कुमार महतोले आठौं वैवाहिक वर्षगाँठको अवसरमा खाद्यान्न सहयोग गरेका छन् ।

बुधबार दिउँसो देवघाटस्थित थारू धर्मशालामा आश्रय लिएर बसेका जेष्ठ नागरिकहरूलाई महतोले खाद्यान्न सामग्री सहयोग गरेका छन् । श्रीमती सरोजा चौधरीसहित पुगेका चौधरीले धर्मशालाका अगुवाहरुलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

वैवाहिक वर्षगाँठमा अनावश्यक खर्च गर्नुको साटो धर्मशालामा आश्रितलाई सामान्य सहयोग स्वरुप खाद्यान्न सहयोग गरिएको महतोले बताए । उनी आफ्नो जन्मोत्सवदेखि, बुवा, आमाको वैवाहिक वर्षगाँठलगायतका अवसरमा विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आइरहेका छन् । गोधूली बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक रहेका महतो सामाजिक कार्यक्रमा सक्रिय रहँदै आएका छन् ।

सो कार्यक्रममा युवा व्यवसायी एवं होटल ह्याप्पी होमका संचालक कृष्ण महतो र थारु पत्रकार संघ नेपालका केन्द्रीय महासचिव सन्तकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>