चितवन विशेष

२८ गतेदेखि ट्रक व्यवसायीले ढुवानी बन्द गर्ने,चितवन प्रशासनमा बुझाए ज्ञापनपत्र

Banner

चितवन,फागुन २५-

पेट्रोलियम पदार्थको मृल्यबृद्धीको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका ट्रक ब्यवसायीले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको तर विगत ६ बर्षदेखि ढुवानी भाडा नबढाएको भन्दै उनिहरुले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाएका हुन् ।

धादिङका व्यवसायी मनोज केसीको नेतृत्वमा १०० बढी व्यवसायीहरु रामनगरमा जम्मा भएर आन्दोलनका कार्यक्रम घोषण गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । यही फागुन २१ गते पहिलो चरणको आदोलन थालेको र २८ गते भित्र आफुहरुको माग सम्बोधन नभए २९ गतेदेखि देशैभरिका व्यवसायीले आफनो ट्रक घरमै राखेर अनिश्चितकालसम्म आन्दोलन गर्ने व्यवसायी केसीले बताए । ज्ञापन पत्र बुझदै चितवनका प्रमुख जिल्ला अधिकारी तामाङले व्यवसायीका समस्या सम्बोधनमा आफुहरुले पहल गर्ने र ज्ञापन पत्र गृह मन्त्रालयमा पठाउने बताए ।

ढुवानी भाडा बिगतको भन्दा कम्तिमा पनि २० प्रतिशत बढ्नु पर्ने,नेपालको सडकलाई पहाडी, मध्य पहाडी र तराई गरी ३ भागमा बिभाजन गरेर किलोमिटरको आधारमा भाडा तय गर्नुपर्ने, भाडा तय गर्दा आन्दोलनरत व्यवसायीको प्रतिनिधित्व हुनु पर्ने, बिदेशी मालबाहक सवारीको सामान नेपाली भन्सारमा पल्टि गरी नेपाली सवारी साधन मार्फत ढुवानी गराउनु पर्ने, नेपालको बोर्डरदेखि नेपाल तर्फ १५ किलोमिटर सम्म मात्रै भारतिय सवारीलाई प्रवेश दिईनु पर्ने माग उनिहरुको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>