Breaking News

उवासंघ-चितवन निर्वाचनः चुननारायण श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा

Banner

चितवन, फागुन २५–

उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूला साझा संस्था उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वका लागि आज (बुधबार)देखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन तालिका अनुसार बुधबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय रहेको छ । उम्मेद्वारी दर्ता अघि नयाँ नेतृत्वका लागि चुननारायण श्रेष्ठको नेृत्वमा पदाधिकारीको प्यानल घोषणा गरिएको छ । आज (बुधबार) विहान भरतपुरमा पत्रकार सम्मेलन गरि श्रेष्ठले आफ्नो प्यानल घोषणा गरेका हुन् ।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा समुन कुमार श्रेष्ठ उम्मेद्वार बनेका छन् । उनी पनि अध्यक्षका दावेदारी गर्दै आइरहेका थिए । अन्त्यमा उनले चुननारायणलाई नै सघाउँदै आफू वरिष्ठ उपाध्यक्षमा उठ्न सहमत भएका हुन् । यस्तै उनको प्यानलबाट उपाध्यक्षहरुमा चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपाल उम्मेद्वारी दिँदैछन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेद्वार चुननारायण श्रेष्ठले सामूहिक कार्य, सकरात्मक सोँच, सहकार्य, आपसी समझदारीबाट नै नेतृत्व चयन हुनुपर्दछ भन्ने मान्यता अनुरुप नै सहमतीमै साझा उम्मेद्वार तय गरिएको बताए । संस्था र व्यवसायीको हकहितका लागि आफूहरु एकवद्ध भएको उनीहरुको भनाई थियो ।

उवासंघ–चितवनको नयाँ नेतृत्वका लागि फागुन ३० गते मतदानको समय तालिका रहेको छ भने चैत १ गते मतगणना हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>