चितवन विशेष

चितवनमा ‘वाउ वुमन २०२२’ अर्वाडबाट ज्ञवाली सम्मानित

Banner

चितवन, फागुन २४–

चितवनमा क्रियासिल सामाजिक संस्था बेटर चितवनले ‘वाउ वुमन २०२२’ अर्वाडबाट भरतपुर –१० की तुलसा ज्ञवालीलाई सम्मान गरेको छ ।

प्रत्येक वर्ष अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रदान गरिने अर्वाडबाट वातवरण संरक्षणका लागि घरेलु अभ्यास प्रविधी मार्फत फोहोर व्यवस्थापनका लागि १६ वर्ष भन्दा लामो समय महत्वपूर्ण योगदान दिएकी ज्ञवालीलाई सम्मान गरिएको बेटर चितवनका संस्थापक अध्यक्ष ई.सागर कार्कीले जानकारी दिए ।

यस्तै बेटर चितवनमा विभिन्न विधामा रही सामाजिक सेवामा सक्रिय सदस्यहरु सुजता देवकोटा, सजिता पौडेल र समीक्षा पौडेललाई पनि दिवसको अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा अन्तराट्रिय महिला दिवसका अवसरमा जबरजस्ती करणी मुद्धाको विषयमा छलफल सत्र पनि चलाइएको थियो ।

छलफल सत्रमा पत्रकार प्रतिमा सिलवाल, रेडियोकर्मी सबिता अधिकारी र रेडियोलोजिष्ट एवंम सामाजिक अभियान्ता डा. सुवास बस्नेत वक्ता रहेका थिए भने बेटर चितवनकी सदस्य सुजता देवकोटाले छलफल सत्रको सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा सोनिया बस्याल, दिक्षा पौडेल र मनिसा थैबाले महिला सशक्तिकरण र नेतृत्वको विषयमा बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>