Breaking News
कांग्रेस चितवन निर्वाचनः आरक्षणतर्फ जिल्ला सदस्यमा को–को भए निर्वाचित (नामसहित)

चितवन, फागुन २४–
नेपाली कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन अन्तरगत भएको नयाँ नेतृत्वको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । आज (मंगलबार) बेलुकी आरक्षणतर्फको जिल्ला सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ ।
खस आर्य महिलातर्फ तीन पदका लागि भएको निर्वाचनबाट सुमित्रा अधिकारी ढकाल (१०५९), निर्मला ढकाल (९७४) र कवालती शर्मा (९२६) निर्वाचित भएका छन् । यस्तै खस आर्य खुल्लातर्फ ४ पदका लागि भएको निर्वाचनबाट देवीप्रसाद कंडेल (११८९), गोविन्द कोइराला (७१३), चिन्तामणि सापकोटा (६५७) र जगन्नाथ न्यौपाने (६५५) निर्वाचित भएका छन् ।
यसैगरि आदिवासी जनजाति खुल्लातर्फ ३ पदका लागि भएको निर्वाचनबाट बुद्धिमान गुरुङ (१४६८), अम्मर बहादुर तामाङ (१४२०) र किरण लामा (१३४८) निर्वाचित भएका छन् ।
त्यस्तै थारु महिलातर्फ एक जनाको लागि भएको निर्वाचनमा रिता चौधरी (१४९७), दलित खुल्लातर्फ एक पदका लागि भएको निर्वाचनमा केशरी माया सुनार (९०९) र अल्पसंख्यक/अपाङग/मुश्लिम/मधेशी एक पदका लागि भएको निर्वाचनमा विष्णुबहादुर भुजेल (६८४) निर्वाचित भएका छन् ।
कसले कति मत ल्याए ?
खस आर्य महिला (३ पद):
कमला ढुङ्गाना (८७३)
कलावती शर्मा (९२६) निर्वाचित
गायत्री वाग्ले (५४५)
जयसरा थापा (६३३)
ज्योति लम्साल (४४७)
निर्मला ढकाल (९७४) निर्वाचित
विष्णुमाया पाण्डे (८६३)
सरस्वति देवकोटा (६३१)
सुमित्रा अधिकारी ढकाल (१०५९) निर्वाचित
खस आर्य खुल्लातर्फ (४ पद):
कृष्ण प्रसाद दाहाल (३७७)
गोविन्द कोइराला (७१३) निर्वाचित
चिन्तामणि सापकोटा (६५७) निर्वाचित
जगन्नाथ न्यौपाने (६५५) निर्वाचित
जिवन पाठक (४८८)
डिल्लिराम लामिछाने मिलन (५०२)
दिनेश कटुवाल (३१८)
देवि प्रसाद कंडेल (११८९) निर्वाचित
द्रुपदराज भट्टरार्इ (३८३)
ध्रुवराज मिश्र (४४९)
निरन्जन सुवेदी (५६०)
पुष्पराज पौडेल (३३९)
बुद्दि प्रसाद सापकोटा (३६९)
महेन्द्र अधिकारी (३८६)
महाश्रम शर्मा (५१४)
मोहिनी प्रसाद खनाल (५६३)
रामचन्द्र पौडेल (४७६)
हरि प्रसाद खनाल (३९९)
जनजाति खुल्लातर्फ (३ पद):
अमर बहादुर तामाङ्ग (१४२०) निर्वाचित
किरण लामा (१३४८) निर्वाचित
गोबिन्द तामाङ्ग (११५२)
बुद्धिमान गुरुङ्ग (१४६८) निर्वाचित
यम बहादुर गुरुङ्ग (६२८)
लोक बहादुर थापा मगर (८१४)
थारु महिला (१ पद):
रिता चौधरी (१४९७) निर्वाचित
सुनिता कुमारी चौधरी (८७७)
दलित खुल्ला (१ पद):
केशरीमाया सुनार (९०९) निर्वाचित
सुरेश परियार (६९८)
सुस्मिता खाति (७९२)
अल्पसंख्यक/अपाङ्ग/मुश्लिम/मधेसी (१ पद):
इश्लामदिन मिया (४९५)
गणेश ठाकुर (३०३)
लुरिदेवि भुजेल (४२९)
विष्णु बहादुर भुजेल (६८४) निर्वाचित
सञ्जय अर्याल (५६६)


























