चितवन विशेष

नारी दिवसमा १०३ जनाले गरे रक्तदान

Banner

चितवन, फागुन २४–

चितवन उद्योग संघ महिला उद्यमी मञ्चद्वारा ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेका छन् ।

चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुवँरको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह प्रमुख अतिथि रहनुभएको थियो ।

सो क्रममा शाहले ६७औं पटक रक्तदान गर्नुभएका कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेललाई ब्लड किट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सिर्जना सोतीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>