Breaking News

कांग्रेस चितवन निर्वाचनः उपसभापतिमा पौडेल र न्यौपाने, सचिवमा अर्याल र पोखरेल निर्वाचित

Banner

चितवन, फागुन २३–

नेपाली कांग्रेस चितवनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । दुई दिन लगाएर सोमबार बेलुका पदाधिकारी सबैका मतपरिणाम सार्वजनिक गरिएको हो ।

उपसभापतिमा कडा प्रतिस्पर्धा हुँदा शालिग्राम शर्मा पौडेल र राजीव न्यौपानेले बाजी मारेका छन् । न्यौपाने यसअघि कांग्रेस चितवनको सचिव थिए । दुई जना उपसभापतिका लागि १५ जना प्रतिस्पर्धामा थिए ।

यस्तै कांग्रेस चितवनको सचिवमा सूर्य अर्याल र ध्रुवराज पोखरेल निर्वाचित भएका छन् । दुई जना सचिवका लागि ८ जना प्रतिस्र्धामा उत्रिएका थिए ।

यसैगरि कांग्रेस चितवनको सह–सचिवमा गोपाल दराई र दिनेश अधिकारी निर्वाचित भएका छन् । दुई सह–सचिवको लागि भएको निर्वाचनबाट दराई र अधिकारीले सर्वाधिक मत ल्याउँदै निर्वाचित भएका हुन् । सह–सचिवका लागि १० जना प्रतिस्पर्धामा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>