Breaking News
उद्योग वाणिज्य संघ चितवनको निर्वाचन तालिका सार्वजनिक, फागुन ३० गते मतदान

चितवन, फागुन २३–
उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन तालिका अनुसार फागुन ३० गते मतदान हुने भएको छ । मतदान कार्य विहान ८ बजेदेखि मतदान सुरु हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन तालिका अनुसार फागुन २४ गते बेलुका ५ः३० बजे मतदाता नामावली प्रकाशन गरिने छ । २५ गते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दावी विरोध र २ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । त्यसअवधिमा उम्मेदवारी फारम वितरण गरिने छ भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको छ । सोही दिन ५ः३० बजे उम्मेद्वारहरुको नामावली प्रकाशन गरिने छ भने ६ः३० बजेसम्म दावी विरोधको समयावधि तोकिएको छ । बेलुकी ७ बजे दावी विरोधपश्चात उम्मेद्वारहरुको नामावली प्रकाशन गरिने छ ।
फागुन २६ गते दिउँसो १२ः३० बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ भने दिउँसो १ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । सोही दिन दिउँसो ३ बजे उम्मेद्वारहरुबीच परिचयात्मक कार्यक्रम हुनेछ । फागुन ३० गते विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जनाएको छ । मतगणना कार्य अर्को दिन अर्थात् चैत १ गते विहान ८ बजेदेखि सुरु हुनेछ ।


























