Breaking News

ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु, घटनाको अनुसन्धान सुरु

Banner

काठमाडौँ, फागुन २३–

ललितपुरमा एकै परिवारको पाँच जनाको मृत्यु भएको छ । कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित आज एकै परिवारका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा, ७ वर्षीय आस्माको मृत्यु रहेका छन् । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल पुग्दैछ । उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>