चितवन विशेष

२७२ औं हप्तामा भरतपुरमा ‘वे ग्रुप’ले संचालन गरेको सरसफाई अभियान

Banner

चितवन,फागुन २३-

भरतपुरमा ‘वे ग्रुप’ले संचालन गरेको सरसफाई अभियानको आज २७२ औं हप्ता पुगेको छ । चितवनका सक्रिय युवाहरुको ‘वे ग्रुप’ले हप्तामा ‘एक दिन एक छिन’ समाजका लागि भन्ने अभियानका साथ निरन्तर सरसफाई अभियान संचालन गरिरहेको छ ।

आज (सोमबार) भरतपुर महानगरपालिका २ को क्याम्पाचौर क्षेत्रमा सरसफाई गरिएको छ । वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा सरसफाई गरिएको हो ।
सो अवसरमा‘वे ग्रुप’ का सदस्य र प्रहरीले सरसफाई गरेका थिए । ‘वे ग्रुप’ले सरसरफाई अभियानका साथै सचेतनामूलक कार्यक्रम समेत निरन्तर संचालन गरिरहेको अध्यक्ष भोजनारायण कंडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>