Breaking News
कांग्रेस चितवन निर्वाचनः महासमिति सदस्यमा को–को भए निर्वाचित ? (नामसहित)

चितवन, फागुन २३–
नेपाली कांग्रेस चितवनको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा क्षेत्र नं.२ को महासमिति सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ ।
खुल्ला महिला २ जनाका लागि गीता गुरुङ, मीना खरेल र बिनु रायमाझी पौडेल चुनावी प्रतिस्पर्धामा थिए । जसमध्ये गुरुङ र खरेल निर्वाचित भएको निर्वाचन समितिका सदस्य श्रीराम सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । गुरुङ इच्छाकामना गाउँपालिकाकी अध्यक्ष समेत हुन् भने खरेल महिला अधिकारकर्मीका साथै समाजसेवी हुन् ।
महासमिति सदस्यमै खसआर्य खुल्ला तर्फ ऋषि खनाल निर्वाचित भएका छन् । उनले रामशरण कुवँरलाई पराजित गरेका हुन् ।
यस्तै आदिवासी जनजाति महिलातर्फ गौरीकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । उनले इन्द्रमाया लामालाई पराजित गरिन् ।
यसअघि महासमिति सदस्यमा खुल्लातर्फ डा.इश्वरीराज लौडारी, जीतनारायण श्रेष्ठ, देवेन्द्र गुरुङ, प्रकाश अधिकारी र राजकुमार राजभण्डारी सर्वसम्मत निर्वाचित भएका थिए ।
यस्तै खसआर्य महिलामा पार्वती शाह ठकुरी र आदिवासी जनजाति खुल्लामा सरोज गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।
यस्तै क्षेत्र नं.१ र ३ बाट महासमिति सदस्यहरु पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।


























