Breaking News

माओवादी केन्द्रीय समिति आज बस्दै,पदाधिकारी टुंग्याउने तयारी

Banner

काठमाडौं,फागुन २३-

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ। हिजो दुईपटक सारिएको बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारनै दिउँसो २ बजेका लागि सारिएको थियो। तर, नबसी आजका लागि सारिएको हो।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ।

आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ। गतको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>