चितवन विशेष
एनसीसी बैंकका ग्राहकलाई चितवनको नारायणी सामुदायिक अस्पतालमा छुट

चितवन,फागुन २२-
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकलाई चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ सेवाका ग्राहक तथा बैंकका कर्मचारीलाई नारायणी सामुदायिक अस्पतालले छुट दिने भएको छ ।
आइतबार भएको द्विपक्षीय सम्झौतामा बैंकका ग्राहक र कर्मचारीले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत अस्पतालमा बिल भुक्तानी गर्दा औषधि, सिटी स्क्यान र प्रत्यारोपण बाहेकका ओपीडी र अन्य सेवाहरुमा मा १० प्रतिशत छुट प्राप्त हुने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेशका १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको विज्ञप्तीमा जनाइएको छ ।


























