Breaking News

संसद भंग गरेर तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल भइरहेको छः नेपाल

Banner

काठमाडौं,फागुन २२-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको बताएका छन्। आइतबारको संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको बताएका हुन्।

‘एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, संसदमा केपी ओलीको वितणडा कति सहने’, नेपालले भने, ‘त्यसैले संसद भंग गर्ने संसद पनि रहन्न केपी ओलीको वितण्डापनि रहन्न।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>