Breaking News

माओवादी बैठक भोलिसम्मका लागि सर्‍यो, नेताहरू आन्तरिक छलफलमा

Banner

काठमाडौं,फागुन २२-

माओवादी केन्द्रीय समिति बैठक पुनः सरेको छ । यसअघि बिहान ११ बजेबाट दिउँसो २ बजेका लागि सरेको बैठक पुनः भोलिका लागि सरेको हो । बैठक बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा बस्ने छ । संसद् बैठक आजै परेको र आन्तरिक सरसल्लाह नपुगेको भन्दै बैठक सार्नुपरेको केन्द्रीय सदस्य अन्जना विशङ्खेले बताइन् । ‘बैठक सरेको हो,’ उनले भनिन्, ‘संसद् बैठक पनि आजै पर्‍यो, हाम्रो पार्टीको बैठकका लागि पर्याप्त सल्लाह हुन पाएन । यसैले बैठक सारिएको जानकारी छ ।’

शीर्ष नेताहरूबीच भने छलफल भइरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा पूर्वपदाधिकारी बैठक बसिरहेको छ । बैठकले पदाधिकारी टुङ्ग्याउनेलगायतका विषयमा छलफल गरिरहेको छ । यो बैठकले केन्द्रीय पदाधिकारी टुङ्ग्याउँदै छ । जसका लागि सहमित जुटाउने प्रयास भइरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>