Breaking News

दमौलीमा भीषण आगलागी, हेलिकप्टरबाट आगो निभाउने तयारी

Banner

दमौली, फागुन २२-

तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।

के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार आगो निभाउने प्रयास जारी भइरहेको छ । तर अझै पनि आगोलाई नियन्त्रणमा लिन सकिएको छैन । जसले गर्दा बजारबासी त्रसित बनेका छन् । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ ।

सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>